आजदेखि इन्धन सहज, पेट्रोलपम्पमा सवारीको चाप

बिर्तामोड । नेपालको पूर्वक्षेत्रमा पेट्रोलियम पदार्थको अभाव टरेको छ । मंगलवार दिनभर बन्द भएका पेट्रोल पम्पहरु आज विहानै देखि खुलेका छन् । पेट्रोल पम्पहरुमा अहिले सवारी साधनको लाइन छ ।
भारतले पूर्वी नाकाबाट पेट्रोलियम पदार्थ बोकेर नेपाल भित्रिन लागेका ७३ ट्याङकरलाई पश्चिम बङ्गालको पानीट्याङकी भन्सारमा रोकेपछि अभाव भएको थियो । रोकिएका सबै ट्याङकर राती नै नेपाल भित्रिएका छन् ।

अनलाइन माध्यमबाट भन्सार ‘इन्ट्री सिस्टम’ शुरु गरिएको जनाउँदै भारतीय भन्सारले चार दिनदेखि नेपाली ट्याङ्करलाई नाकामै रोकेर राखेको थियो ।
ट्याङकर रोकेपछि झापा, इलाम, पाँचथर र ताप्लेजुङसहित पूर्वमा इन्धनको अभाव भएको थियो । आजबाट इन्धनको आपूर्ति सहज भएको छ ।