जताततै जंगली हात्तीको त्रास : गाउँलेको सुरक्षाका लागि सुरक्षाकर्मी परिचालन

बिर्तामोड । झापाको दुई स्थानमा जंगली हात्तीले त्रास मच्चाएको छ । आज विहान बुद्धशान्ति– १ को दामाखोला एउटा जंगली हात्ती देखिएको थियो ।
गाउँ पस्ने डरले स्थानीय त्रसित भएका थिए ।
यता, झापाको अर्जुनधारा –५ मा बस्तीमै बच्चासहित जङ्गली हात्तीको बथान छिरेको छ । स्थानीय जंगली हात्तीको डरले आत्तिएका छन् ।
स्थानीयको उखु बारीमा बसिरहेका ६ वटा हात्ती भारतबाट छिरेका हुन् । हात्ती आएको क्षेत्र नजिकै मानववस्ती र विधालय रहेको बताइएकोे छ ।
डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णु घिमिरेको नेतृत्वमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको छुट्टाछुट्टै टोलीले मावन वस्ती र विद्यालयकोे सुरक्षा गरिरहेको छ ।
हात्तीबाट हुन सक्ने क्षति रोक्न सुरक्षाकर्मीहरु परिचालन गरिएको घिमिरेले बताए ।