बैशाख १५, २०८२ सोमबार

नेपाललाई एक स्वर्ण, छ रजत र पाँच कास्यसहित १२ पदक

काठमाडौँ, १४ वैशाख – नेपालले दक्षिण एसियाली युथ टेबलटेनिस प्रतियोगितामा एक स्वर्ण, छ रजत र पाँच कास्य पदकसहित १२ पदक जितेको छ । यू–१९ र यू–१५ उमेर समूहमा १४ स्वर्णका लागि आज भएको प्रतिस्पर्धामा बाँकी १३ स्वर्ण भारतले कब्जा ग¥यो ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको प्रतियोगितामा यू–१९ ब्वाइज टिम इभेन्टमा प्रवेश बस्नेत, गनञ्जय दाहाल, हिमाल विष्ट र रुविन महर्जनको टोलीले नेपाललाई स्वर्ण दिलाए ।
सोही स्पर्धाको गर्ल्समा नेपालका इभाना थापा, वियंका राई, योङ्गी पौडेल र दिया देउलाले रजत जिते । इभाना र वियंकाको जोडीले यू–१९ गल्र्स डबल्समा पनि रजत हात पारे । यू–१५ गर्ल्स डबल्समा नेपालका शुभश्री श्रेष्ठ र प्रजिना महर्जनको जोडी दोस्रो भए ।
अखिल नेपाल टेबलटेनिस सङ्घद्वारा आयोजित प्रतियोगिताको यू–१५ ब्वाइज टिम इभेन्टमा प्रजिल भट्टराई, जयस्नु महर्जन, आर्यन शाही र रिजन शाक्य सम्मिलित नेपाली टोलीले रजत प्राप्त गरे । यू–१९ ब्वाइज डबल्समा नेपालका गनञ्जय दाहाल र प्रवेश बस्नेतको जोडी रजत जित्न सफल भए । यू–१५ ब्वाइज डबल्समा नेपालका प्रजिल भट्टराई र जयस्नु महर्जनको जोडी दोस्रो स्थानमा रहे ।
यू–१५ गर्ल्स टिम इभेन्टमा शुभश्री श्रेष्ठ, प्रजिना महर्जन, सुरम्य शाक्य र श्रृया शाक्य, यू–१९ मिक्स डबल्समा गनञ्जय दाहाल र इभाना, यू–१५ गर्ल्स सिङ्गल्समा शुभश्री, यू–१९ गर्ल्स सिङ्गल्समा इभाना, यू–१५ ब्वाइज सिङ्गल्समा प्रजिल भट्टराई तथा यू–१९ ब्वाइज सिङ्गल्समा गनञ्जय दाहालले नेपालका लागि कास्य जिते ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङ, बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य–सचिव दीपक लामा, आयोजक सङ्घका अध्यक्ष वृजेन्द्रबहादुर हमाल, उपाध्यक्षद्वय सुमन खड्गी र पूर्णशङ्कर श्रेष्ठ, महासचिव कुवेरप्रकाश सिंहलगायतले एक कार्यक्रमबीच पुरस्कार  प्रदान गर्नुभयो ।
चारदिने उक्त प्रतियोगितामा भूटानबाहेक छ दक्षिण एसियाली राष्ट्रका ८५ खेलाडी सहभागी थिए । यू–१९ को ब्वाइजरगर्ल्स टिम इभेन्टमा पहिलो र दोस्रो हुने टोली उज्वेकिस्तानमा हुने एसियाली जुनियर टेबलटेनिसका लागि छनोट भएको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : बैशाख १४, २०८२ आईतबार  १० : ३७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]