बैशाख १४, २०८२ आईतबार

तराईका भू-भागहरूमा तातो हावाकाे लहर चल्ने

बिर्तामोड । हाल नेपालमा मूख्यतया स्थानीय वायूको आंशिक प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका अधिकांश स्थानहरूमा अधिकतम र न्यूनतम तापक्रम बढिरहेको अवस्था छ।  साथै कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहेको छ।

दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा देखि आंशिक बदली रहनेछ । कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरुमा तथा बाँकी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको हिमाली भू-भागका थोरै तथा बाँकी हिमाली भू-भागका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

राती भनेदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा देखि आंशिक बदली रहनेछ।

कोशी प्रदेश र मधेश प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरुमा तथा बाँकी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको हिमाली भू-भागका एक दुई स्थानमा स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

मधेश प्रदेश लगायत बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानहरूमा अत्याधिक गर्मीको सम्भावना देखिएकोले आवश्यक तयारी गर्नुहुन तथा आवश्यक सतर्कता अपनाउनहुन अनुरोध छ। लुम्बिनी प्रदेशका तराईका भू-भागहरूमा तातो लहर को समेत सम्भावना रहेको हुनाले सो को असरबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेकाे छ ।

प्रकाशित मिति : बैशाख १४, २०८२ आईतबार  ९ : ०७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]