बैशाख १३, २०८२ शनिबार

समाचार प्रभाव : ६ वर्षपछि दुई घरको चेपबाट आमाछोराको उद्धार

बिर्तामोडका उपमेयरको प्रयासले अपांगता भएका छोरासहित आमाको उद्धार 

बिर्तामोड । झापाको बिर्तामोड–४ मा वर्षौदेखि दुई घरको चेपमा जीवन विताइरहेका आमा छोराको उद्धार गरिएको छ । दुई घरको बीचमा कष्टकर जीवन विताइरहेको विषयमा इजलासले आज विहान बिर्तामोडको एउटा दर्दनाक दृष्यः कसले गर्ला उद्धार ? भन्ने शिर्षकमा समाचार प्रकाशित गरेको थियो ।

समाचार प्रकाशित भएपछि बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र संग्रौलाले आज दिनभरमा उद्धार गरिदिने भन्दै मानवसेवा आश्रमसँग समन्वय गरेका थिए ।
६ वर्षदेखि बिर्तामोड–४ स्थित श्रीप्रसाद ओडारीको घर पछाडि बस्दै आएका आमाछोरालाई मानवसेवा आश्रम बाहुनडाँगीले उद्धार गरेको छ । ओडारी र अर्को घरबीच चेपमा बस्दै आएकी चमा भुजेल भनिने शोभालाई फकाएर उद्धार गरिएको हो । उनको अन्दाजी २२ वर्षको छोरा अपांगता छन् । छोरा घरबाट बाहिर निस्कन सक्दैनन् । चेपभित्र बस्ने, सुत्ने, खाने गरिरहेका आमाछोराका कारण दुर्गन्ध समेत फैलिएको थियो ।

बिर्तामोडका उपप्रमुख संग्रौलाले उद्धारका लागि एक्सन लिएकै कारण आजै मानवसेवा आश्रमले आमाछोरालाई लिएर गएको हो । आमाछोराको संवेदनशिलतालाई ख्याल गर्दै आजै उद्धार गरिएको उपप्रमुख संग्रौलाले जानकारी दिए ।
अहिले आमाछोरालाई उद्धार गरिएको छ, भोली उनीहरुको अन्य सामानहरु पठाइने छ, उनले भने ।

आमा र छोरालाई अलग–अलग गाडिमा राखेर आश्रम पठाइएको छ । आमाछोरालाई स्थानीयको रोहवरमा आश्रमबाट आएका गंगा थापा र सुस्मी थापाले बुझेका थिए ।

यसअघि प्रकाशित समाचार – बिर्तामोडको एउटा दर्दनाक दृष्य : कसले गर्ला उद्धार ? 

प्रकाशित मिति : बैशाख ८, २०८२ सोमबार  ६ : १६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]