बैशाख १३, २०८२ शनिबार

बिर्तामोडको एउटा दर्दनाक दृष्य : कसले गर्ला उद्धार ?

बिर्तामोड । झापाको बिर्तामोडस्थित भद्रपुर रोड बजार क्षेत्र कै मुटु हो । वरपर आलिसान घर छन् । यहाँको जीवन दुखद् पनि छैन । सकेसम्म संघर्षसँगै सुखमा बजारको दैनिकी चलिरहेको छ । तर, यहि बजारभित्र एउटा परिवारले अन्धाकारमय जीवन गुजारिरहेको छ ।

बाध्यता हो वा परिस्थित, चमा भुजेलको परिवारको दृष्य कम दर्दनाक छैन । ६ वर्षदेखि दुई घरको चेपमा अपांगता भएका छोरालाई लिएर जीवन चलाइरहेकी उनको छिटोभन्दा छिटो उद्धार गर्नुपर्ने देखिएको छ । अन्दाजी २२ वर्षका छोरा ओच्छ्यानबाट उठ्न सक्दैनन् । त्यहि चेपको अन्धारमा बसिरहेका आमा छोरालाई उद्धारको आवश्यकता भएको छ ।

बिर्तामोड–४ स्थित श्रीप्रसाद ओडारीको घर पछाडिको भागमा बसिरहेका आमा छोरालाई सुरुमा आश्रय दिइएको थियो । ओडारीको घरमा भाडा खोज्दै आएकी भुजेललाई घरको माथिल्लो तलमा बस्न भन्दा उनले मानेकी थिइनन् । राम्रो कोठा नभेटेसम्म त्यहि चेपमा बस्दै गर्ने भनेपछि ओलाडीले मानवता देखाएर बस्न दिए । छोराको अवस्था देखेर नजिकै रहेको होटल, घरबेटीले पनि बेलाबेला आवश्यक सहयोग गर्दै गए । विजुली पानीको पनि व्यवस्था मिलाइदिए । ६ वर्षदेखि बसिरहेको ठाउँ अहिले दुर्गन्धित भएको छ । दुर्गन्धका कारण आपंगता भएका छोरा र चमाको दैनिकी पनि थप कष्टकर बन्दै गएको छ ।

दुर्गन्धका कारण घरधनी र होटल सञ्चालकले उनको तत्काल व्यवस्थापन गरिनुपर्ने धारणा राखेका छन् । हिडडुल गर्न पनि कठिन हुने दुई घरको चेपमा भुजेलले आफ्नो छोरा राखेर बसिरहेकी छन् । त्यहि पकाउने, खाने, सुत्ने गरिरहेकी छन् । छोराले उज्योला देख्न पाएका छैनन् ।

चमाले गरिवीका कारण यहाँ बस्न बाध्य भएको बताइन् । बच्चा पेटमै हुँदा श्रीमान खसेको बताउने उनको नागरिकता पनि छैन । घर सरसफाईको काम गर्दै छोरासहित जीविकोपार्जन गरिरहेका उनीहरुको व्यवस्थापनका लागि आज विहान स्थानीय अगुवाहरुले अवलोकन समेत गरेका छन् । जिसस झापाका निवर्तमान प्रमुख सोमनाथ पोर्तेल र बितामोड खानेपानीका अध्यक्ष मेघराज बाँस्तोलाले आमा छोरा बसेको ठाउँ अवलोकन गरेका छन् ।

घरधनी ओडारीले आमाछोराको व्यवस्थापन गर्नका लागि विभिन्न आश्रमहरुमा समेत कुरा गरेका थिए । ओडारी भन्छन् – व्यवस्थापन मिलाए भन्दा पनि यहाँबाट बाहिर जान मान्दिनन् । यहाँ धेरै दुर्गन्ध फैलिसकेको छ, यसले उनको परिवार र वरपर समेत समस्या भइसक्यो । आफूले मानवका नाताले सहयोग गरे पनि स्थायी रुपमा यहाँ बस्नु उनीहरुकै लागि असुरक्षा भएको ओडारीको धारणा छ ।

प्रकाशित मिति : बैशाख ८, २०८२ सोमबार  ९ : ३४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]