बैशाख १३, २०८२ शनिबार

निजामती कर्मचारी संगठन झापाले रचनात्मक कार्यक्रमका साथ मनायो स्थापना दिवस

झापा । नेपाल निजामती कर्मचारी संगठन झापाले विविध रचनात्मक क्रियाकलापका साथ संगठनको ३५ औँ स्थापना दिवस मनाएको छ ।

संगठनले आज विहान भद्रपुर ४ स्थित नेपाल अपांग संघ, खगेन्द्र नवजीवन केन्द्रमा आश्रित अपांगता भएकाहरुलाई खाद्यान्न वितरण तथा भोजन गराएर एवम् दिउँसो सेवानिवृत्त कर्मचारीलाई सम्मानसहित विदाइ र निजामती सेवाका नवप्रवेशीहरुलाई स्वागत गर्दै स्थापना दिवस मनाएको हो ।

संगठनले अपांग संघमा आश्रितहरुका लागि चामल, दाल तेल, चिनीलगायतका खाद्य सामग्री प्रदान गर्नुका साथै आश्रित १४ जनालाई एकछाक खाना खुवाएको संगठनका झापा सचिव पूर्णचन्द्र मैनालीले जानकारी दिए ।

संगठन झापाका अध्यक्ष न्यौपाने, संगठनका केन्द्रीय सदस्य तथा राष्टसेवक वचत तथा ऋण सहकारी संस्था झापाका अध्यक्ष वशिष्ठ अधिकारीलगायतले संक्षिप्त कार्यक्रममा बीच केन्द्रका कार्यवाहक अध्यक्ष पवन श्रेष्ठलाई सामग्री हस्तान्तरण गरेका थिए । अध्यक्ष न्यौपानेले संगठनले सामाजिक उत्तरदायित्वअन्तर्गत सो सहयोग गरेको बताए ।

यसैगरी, संगठनले दिउँसो भद्रपुर नगरपालिका, वडा नं १० को सभाहलमा संगठन अध्यक्ष न्शयौपानेको अध्यक्षतामा कार्यक्रम आयोजना गरी सेवानिवृत्त कर्मचारीलाई सम्मान तथा नवप्रवेशी कर्मचारीलाई स्वागत गरेको थियो ।

उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि संविधासभा सदस्य एवम् नेकपा एमाले केन्द्रीय सदस्य दिपक कार्की, कोशी प्रदेशका पूर्व सदस्य वसन्तकुमार वानियाँ, सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलालगायतले सम्मानपत्र प्रदान गरेका थिए ।

प्रमुख अतिथि कार्की, वानियाँ, सहायक प्रजिअ निरौला, नेपाल निजामती कर्मचारी युनियन झापा अध्यक्ष लक्ष्मीप्रसाद दाहाललगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रमको सञ्चालन संगठनका सचिव पूर्णचन्द्र मैनालीले गरेका थिए ।

प्रकाशित मिति : बैशाख ७, २०८२ आईतबार  ५ : २६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]