बैशाख १३, २०८२ शनिबार

५६ जना ज्येष्ठ कम्युनिष्टहरुलाई सम्मान

शिवसताक्षी । नेकपा एमालेले झापा शिवसताक्षी ९ का ज्येष्ठ कम्युनिष्टहरुलाई सम्मान गरिएको छ । नेकपा एमाले शिवसताक्षी वडा नं. ९ कमिटीले वडा ५६ जना ज्येष्ठ कम्युनिष्टहरुलाई सम्मान गरेको होे ।

उनीहरुलाई संघीय सांसद तथा प्रदेश कमिटी सदस्य एलपी साँवा लिम्बु, नेकपा एमाले जिल्ला सचिवालय सदस्य तथा क्षेत्र नं. ४ का संयोजक धनबहादुर थेवे, नगर अध्यक्ष मेदनी दंगालले ज्येष्ठ नागरिकलाई लौरो, सम्मान पत्र, खादा र मालाले सम्मान गरेका थिए ।

सम्मान कार्यक्रममा बोल्दै प्रदेश कमिटी सदस्य एलपी साँवा लिम्बुले कम्युनिष्ट पार्टी ६० वर्ष माथिका ज्येष्ठ नागरिकलाई गोली हान्छ भन्ने गरिथ्यो तर आज यही पार्टीले ज्येष्ठ नागरिकलाई सम्मान गरेको बताए । विशेष गरेर एमालेले ज्येष्ठ नागरिकको साहरा प्रदान गर्दछ । नेकपा एमालेले बृद्ध भत्ताको अवधारणा ल्याएर ज्येष्ठ नागरिकहरुलाई बुढेकालमा बाँच सहज भएको छ । उनले धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचार प्रसार हुने गरी चिल्लागढधाममा कार्यक्रम राखेकोमा वडा कमिटीलाई धन्यवाद दिएका थिए ।

कार्यक्रममा शिवसताक्षी नगरपािलकाका नगरप्रमुख तथा नेकपा एमाले जिल्ला कमिटी सदस्य मेगाहाङ्ग थोप्रा रोषनले शिवसताक्षी नगरपालिकाले गरेको विकास निर्माणका कामहरुको बारेमा बोलेका थिए । उनले सम्मानित ज्येष्ठ नागरिकहरुलाई दिर्घ जीवनको शुभकामना दिदै नगरपालिकालले काम गरेन भन्ने हल्ला चलाइने गरेको छ । उनले भने, २०८४ सालसम्म न्यूनतम पूर्वाधार तयार हुने गरिको कामको थालनी भएको बताए । सिमित श्रोत साधान र घट्दो बजेटका बाबजुत पनि आगामी वर्षहरुका नगरका मुख्य सडकहरु, नगरस्तरीय योजनाहरुलाई पूर्णता दिने र भित्र रहेका स–साना बाटाहरुको पनि स्तरोन्ती गर्ने बताएका थिए ।

कार्यक्रममा नेकपा एमाले जिल्ला सचिवलय सदस्य तथा क्षेत्र नं. ४ का संयोजक धनबहादुर थेवे, नगर अध्यक्ष मेदनी दंगाल, पूर्व सांसद तारासम योङ्गया लगायतले शुभकमना मन्तव्य राखेका थिए ।

वडा कमिटी अध्यक्ष लोकेश खनालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन टंकबहादुर खत्रीले गरेका थिए ।

प्रकाशित मिति : बैशाख ७, २०८२ आईतबार  ६ : ५० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]