बैशाख ६, २०८२ शनिबार

युवा संघ भद्रपुरले बनायो विपन्नका लागि आवास

भद्रपुर । राष्ट्रिय युवा संघ नेपाल भद्रपुर नगर कमिटीले निर्माण गरेको आवास एक कार्यक्रमका बीच शनिवार हस्तान्तरण गरिएको छ । विपन्न परिवारका लागि निर्माण गरिएको घर हस्तान्तरण गरिएको हो ।

भद्रपुर–१० मा करिव ६ लाख रुपैयाँको लागतमा निर्माण गरिएको घर घनश्याम दर्जीलाई हस्तान्तरण गरिएको हो । हिरादेवी दर्जीको लागि निर्माण गरिएको घर उनको स्वर्गारोहण भएपछि छोरालाई हस्तान्तरण गरिएको राष्ट्रिय युवा संघ नेपाल भद्रपुर नगर कमिटीका अध्यक्ष दीपक बुढाथोकीले जानकारी दिए ।

राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटी सदस्य तथा झापा जिल्ला इन्चार्ज खगेन्द्रराज आङदेम्बेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा एमालेका कोशी प्रदेश कमिटीका सचिवालय सदस्य बसन्त बानियाँ , कोशी प्रदेश कमिटी सदस्य तथा भद्रपुर इन्चार्ज घनश्याम अधिकारी, कोशी प्रदेश कमिटी सदस्य शिव राजभण्डारी , जिल्ला कमिटी अध्यक्ष प्रेम गिरी , जिल्ला कमिटी उपाध्यक्ष शिव ढुंगेल, जिल्ला कमिटी सचिव तुलसी कार्की , उपसचिव असारु राजवंशीलगायतको उपस्थिति रहेको थियो ।

सो अवसरमा नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदानसमेत गरिएको थियो । राष्ट्रिय युवा संघ नेपाल भद्रपुर नगर कमिटीले विगत वर्षहरुदेखि नै विपन्नका लागि आवास निर्माण गर्दै आएको अध्यक्ष बुढाथोकीले जानकारी दिए ।

प्रकाशित मिति : बैशाख ६, २०८२ शनिबार  ९ : ०० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]