बैशाख ६, २०८२ शनिबार

रतुवामाई वृक्षरोपण आयोजनाका कर्मचारीले १० महिनादेखि तलब पाएनन्

झापा, ५ वैशाखः जिल्लाको केर्खास्थित रतुवामाई वृक्षरोपण आयोजनाका कर्मचारीले १० महिनादेखि तलबभत्ता पाउन सकेका छैनन् । गत वर्ष असारदेखि कर्मचारीले कुनै पनि पारिश्रमिक पाएका छैनन् ।
उक्त आयोजनामा स्थायाी, करार र दैनिक ज्यालादारी गरी ४३ जना कर्मचारी कार्यरत छन् । आयोजना प्रमुख भक्तिप्रसाद गौतमका अनुसार सङ्घीय सरकारले नियुक्त गर्ने पैदावार विकास समितिको अध्यक्ष पद लामो समयदेखि रिक्त हुँदा कार्यक्रम स्वीकृत हुन सकेका छैनन् । “समितिअन्तर्गतको आयोजना भएकाले अध्यक्ष नियुक्त नभएकाले तबल उपलब्ध नहुनुका साथै अन्य कुनै पनि काम अगाडि बढ्न सकेका छैनन्”, उहाँले भन्नुभयो ।
वृक्षारोपण गर्ने, वनजङ्गल संरक्षण गरी हुर्काइएको वनबाट काठपात बिक्री गरी तलबभत्ता खाने गरिए पनि कार्यक्रम स्वीकृत नहुँदा लामो समयदेखि काठ बिक्री नभएको आयोजना प्रमुख गौतमले बताउनुभयो । उहाँका अनुसार रतुवामाई वृक्षरोपण आयोजनाअन्तरर्गत दुई हजार ७५३ दशमलव ७६ हेक्टर वनक्षेत्र रहेको छ ।
आयोजनाको उक्त वनक्षेत्र पूर्वमा कनकाई नदी, पश्चिममा रतुवा नदी, उत्तरमा चुलाचुली फेदी र दक्षिणी सिमाना पूर्व–पश्चिम राजमार्ग पर्दछ ।

प्रकाशित मिति : बैशाख ५, २०८२ शुक्रबार  १ : २७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]