बैशाख ६, २०८२ शनिबार

विद्यमान कानून र न्याय सम्पादन सम्बन्धी अनुशिक्षण

बिर्तामोड । लैङ्गिक हिंसा सम्बन्धी विद्यमान कानूनहरू र स्थानीय तहमा लैंगिक हिंसा सम्बन्धी न्याय सम्पादनमा सहयोग पुर्याउने तथा समन्वय गर्ने उदेश्यका साथ तीन दिने अनुशिक्षण कार्यक्रम मंगलवारबाट भद्रपुरमा सुरू भएको छ ।

चैत्र २६–२८ सम्म संचालन हुने अनुशिक्षण कार्यक्रममा पहिलो दिन झापा जिल्ला अदालतका न्यायाधीस तेज बहादुर खड्का र अधिवक्ता छवि श्रेष्ठले सहजीकरण गर्नु भएको छ । कार्यक्रममा कानून व्यवसायी, न्यायसम्पादनको क्षेत्रमा काम गरिरहेका जनप्रतिनिधिहरू, सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यसँग सम्बन्धित रहेर काम गरिरहेका प्रतिनिधि सहित ३० जनाको सहभागिता रहेको छ । सातै वटा प्रदेशका सात जिल्लामा कार्यक्रम संचालन गर्ने महिला कानून र विकाश मञ्चको अधिवक्ता बिनु लामाले जानकारी दिनु भएको छ ।

महिला कानून र विकाश मञ्च काठमाण्डौद्वारा आयोजित तीन दिवसीय कार्यक्रमको उद्घाटन सत्रमा भद्रपुर नगरपालिकाको उपप्रमुख राधा कार्कीले अध्यक्षता गर्नु भएको थियो भने जिल्ला अदालत झापाका न्यायाधीस तेज बहादुर खड्काको प्रमुख आतिथ्यता रहेको थियो ।

अधिवक्ता चन्द्रा श्रेष्ठले स्वागत गरेको कार्यक्रमको संचालन अधिवक्ता बिनोद चन्द्र देबकोटाले गर्नु भएको थियो ।

प्रकाशित मिति : चैत्र २६, २०८१ मंगलबार  ७ : ३० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]