कनकाई पुलमा शंकास्पद् वस्तु फेला, दुई घण्टादेखि यातायात ठप्प
सिएम शर्मा

बिर्तामोड । कनकाई पुल सुरुङामा शंकास्पद बस्तु फेला परेको छ । आज बिहान ५ बजे पुलमा शंकास्पद बस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
शंकास्पद् वस्तु फेला परेपछि यातायातको आवत–जावत बन्द गरिएको छ । सो स्थानमा प्रहरी टोलीले सुरक्षा दिइरहेको झापाका प्रहरी प्रवक्ता महेन्द्र श्रेष्ठले जानकारी दिए ।
प्लाष्टिकले र्यापिङ गरेको अवस्थामा रहेको वस्तुको पहिचान भइसकेको छैन । कनकाई पुलको पूर्व भागमा रहेको शंकास्पद वस्तु डिस्पोजलका लागि नेपाली सेनाको चारआली ब्यारेकबाट बम डिस्पोजल टोली पुगिसकेको छ । शंकास्पद बस्तु राखेको ठाउँमा राष्ट्रिय जनमोर्चा पार्टीको पर्चा भेटिएको छ ।