कालोपत्रे गर्ने सहमति : आन्दोलनको सकारात्मक प्रभाव

झापा । आन्दोलनलाई दुई नजर हेर्न सकिन्छ, एउटा सकारात्मक र नकारात्मक । आन्दोलनले हासिल गर्ने पनि दुई मध्ये एउटा नै हो । त्यसैको उदाहरणका रुपमा आज दिनभर तनावग्रस्त भएको बौद्ध जोरपाटी बासिन्दाको आन्दोलन हो ।
दिनभर सडकका विषयले आन्दोलन गरेका बौद्ध जोरपाटीका बासिन्दाले साँझमा सकारात्मक परिणाम पाए । सडक कालो पत्रेको माग राख्दै बिहीबार बिहानैबाट आन्दोलनरत स्थानीयबासीसँग ठेकेदार कम्पनीबीच सम्झौता भएको छ ।
सडक निर्माणको जिम्मा लिएका युनाइटेड विल्डर्सका प्रमुख शकुन्तला लाल हिराचनले आन्दोलनरत पक्षसँग बिहीबार बेलुकी सम्झौता गरेका छन्् । सम्झौतासँगै आन्दोलनरत पक्षले आन्दोलन फिर्ता लिएका छन् ।