प्रदेश सरकारसँग आदिवासी स्मृति पार्क र संग्रहालय निर्माणका लागि बजेट माग

केरखा । आदिवासी स्मृति पार्क र संग्रहालय निर्माणका लागि प्रदेश सरकारसँग बजेट माग गरिएको छ । कमल गाउँपालिका – ५ स्थित सशस्त्र क्याम्प छेउमा बन्न लागेको संग्राहलयका लागि अध्यक्ष मेनका काफ्लेले गाउँपालिकाको तर्फबाट बजेट माग गरेकी हुन् ।
बुधबार उनले १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईलाई आवश्यक कागजात बुझाउँदै निर्माणको तयारी गरिएको संरचनाका लागि बजेट माग गरेको जानकारी दिएकी छन् । मदन भण्डारी मार्गसँगै सो आदिवासी स्मृति पार्क र संग्रहालय निर्माण गर्नुपर्ने अध्यक्ष काफ्लेको भनाई छ । प्रदेश १ का मुख्यमन्त्री राईले सहयोग गर्ने आश्वासन दिएका छन् ।