७२ वर्षीय वडाध्यक्ष मोक्तानको निधन
पाँचथर – पाँचथरको फिदिम नगरपालिका वडा नम्बर–१ का वडाध्यक्ष हर्क मोक्तानको निधन भएको छ ।

मोक्तानको सोमबार साँझ ७२ वर्षको उमेरमा फिदिम–१, मा रहेको निजी निवासमा निधन भएको हो । वडाध्यक्ष मोक्तान मधुमेहसहित विभिन्न रोगको उपचार गराउँदै आएका थिए । मोक्तान नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।