बैशाख १६, २०८२ मंगलबार

समाचार प्रभाव : नजराना उठाउने डिएसपीको छानविन

विर्तामोड । चोरी तस्करी नियन्त्रणमा नाममा व्यापारीसँग लाखौ रुपैयाँ नजरना असुल गर्ने झापाका डिएसपी ओजेश ओलीको छानबिन सुरु भएको छ ।


केहीँ दिन अघि दजनौ व्यापारीसँग मासिक रकम उठाउँने सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेस क्याम्प शनिश्चरे झापाका डिएसपी ओजेश ओलीको कर्तुत सार्वजनिक भएको थियो ।
पूर्वी नाकाबाट व्यापार गर्ने व्यापारीहरुले मासिक रुपमा डिएसपीका घुमुलाई रकम बुझाउँने गरेको रेकर्ड अनुसन्धान मिडियाले पदार्फास गरेको थियो ।

यो बिषयले संगठन भित्र निकै हलचल मच्चिएको छ । घटनाको बिषयमा संगठन भित्र सम्बन्धित निकायलाई जानकारी गराए पश्चात साथै समाचार बाहिर आएपछि अनुसन्धान सुरु भएको जानकारी प्राप्त भएको छ । व्यापारीले हरेक महिना डिएसपीका विश्वास राजबंशी घुमुवा र कहीँले डिएसपी आफैले फोन गरेर व्यापारीसँग पैसा माग्ने गरेको प्रमाण प्राप्त भएको थियो ।


करिव ३ महिना अघि देखि शनिश्चरे क्याम्पमा जिम्मेवारी समाल्दै आएका ओलीले बिभिन्न व्यापारीहरुबाट मासिक रुपमा लाखौ रुपैयाँ अवैध रुममा असुल्दै आएको तथ्य बाहिर आएको हो । यस बिषयमा सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी का बाहिनीपति डिआईजी नगेन्द्र वहादुर थापासँग बुझ्दा जसको नाममा जोडिएर आएको छ ।

उसको अनुसन्धान भइरहेको बताएका छन् । उनले गलत गतिविधी गरेको भेटिएमा बिभागीय कारवाही गर्ने बताए । सशस्त्र प्रहरी बल, झापा गण नम्बर २ का सशस्त्र प्रहरी उपरीक्षक रेशमकुमार थक्सुले बाहिनी तथा जिल्लाबाट अनुसन्धान प्रकृया सुरु भएको जानकारी दिएका छन् ।

प्रकाशित मिति : श्रावण १, २०७६ बुधबार  १२ : १८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]