झापामा आज पनि ७ संक्रमितको मृत्यू, ३९ जना डिस्चार्ज
विर्तामोड । झापामा आज थप ३९ जना कोभिड संक्रमित निको भएका छन् । उपचार पछि उनीहरु घर फर्किएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार आज २९६ जना नयाँ संक्रमित थपिएका छन् । ७ जनाको मृत्यू भएको छ । आज सबैभन्दा धेरै दमक ८९ र विर्तामोडमा ४० जनामा संक्रमण पुष्टि भएको हो । मृत्यू हुनेहरुमा भद्रपुरमा ३, अर्जुनधाराका २ , विर्तामोड र दमकका १-१ जना रहेका छन् ।