बैशाख १६, २०८२ मंगलबार

भूकम्पले पाँच घर भत्कियो, चार जना घाइते

लमजुङ – बुधबार बिहान लमजुङमा गएको भूकम्पले पाँचवटा घर भत्किएको छ भने चार जना घाइते भएका छन् । गण्डकी प्रदेश प्रहरी प्रमुख घनश्याम अर्यालका अनुसार लमजुङको दोर्दी–९ मा क्षति भएको हो ।

‘हामीकहाँ अहिले प्रारम्भिक सूचनामात्र आएको छ,’ डीआईजी अर्यालले भने, ‘पाँचवटा घर आंशिक क्षति भएको भन्ने खबर छ, चारजना सामान्य घाइते हुनुभएको छ ।’ राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार लमजुङको भुलभुले आसपास बुधबार बिहान ५ः४२ बजे ५.८ म्याग्निच्यूडको भूकम्प गएको थियो भने ८ बजेर २६ मिनेट जाँदा ५.३ म्याग्निच्यूडको भूकम्प गएको थियो ।

प्रकाशित मिति : जेष्ठ ५, २०७८ बुधबार  ९ : २३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]