काँकरभिट्टाका किसानलाई सहाराद्वारा टनेल वितरण
विर्तामोड । सहारा नेपाल काँकरभिट्टाले तरकारी खेती गर्न टनेल वितरण गरेको छ । काँकरभिट्टा शाखाले शुक्रवार ५१ जना किसानलाई टनेल वितरण गरेको हो । पाँच वटा शाखाबाट २ सय जना किसानलाई टनेल वितरण गर्ने योजना गरेको लक्ष्मी भण्डारीले जानकारी दिए ।

तरकारी खेतीमा आत्मनिर्भर बनाउन विगत वर्षहरुदेखी सहाराले किसानलाई टनेल वितरण गर्दे आएको छ । तरकारी खेतीबाटै किसानलाई आत्मनिर्भर बनाउने उदेश्यले किसानलाई प्राविधिक ज्ञानसहित टनेल वितरण गर्दै आएको घनश्याम रायको भनाई छ ।
गत वर्षको लकडाउनको समयमा समेत सहाराले कनकाई क्षेत्रका ५ सय किसानलाई टनेल उपलब्ध गराएको बताइएको छ । अहिलेको निषेधाज्ञामा समेत कृषि कार्य गर्न सहज हुने भएकाले किसानलाई सहयोग गरिएको सहाराकर्मीले बताएका छन् ।