बैशाख १५, २०८२ सोमबार

ओली र माधवबीच बूढानीलण्ठस्थित व्यवसायीको घरमा वार्ता शुरू

काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता शुरू भएको छ। काठमाडौं बूढानीलण्ठस्थित व्यवसायी रामेश्वर थापाको घरमा उनीहरू वार्तामा जुटेका हुन् ।

माधव नेपाल बालुवाटार जान नमानेपछि नेताद्वयबीच वार्ताको लागि छुट्टै स्थान तय गरिएको हो । चार नेतामाथिको कारवाही फिर्तापछि एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालसँग भेटेर पार्टी एकताको लागि थप पहल थालेका हुन् ।  माधव पक्षसहितको स्थायी कमिटी बैठक पनि बोलाउने तयारी भइरहेको बताइएको छ ।

स्थायी कमिटीले पार्टी र सरकारको सन्दर्भमा निर्णय गर्ने अधिकार ओलीलाई दिएको छ ।

प्रकाशित मिति : बैशाख ३०, २०७८ बिहीबार  २ : २७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]