बैशाख १५, २०८२ सोमबार

झापामा थप १९५ जनामा कोरोना

विर्तामोड । झापामा एन्टिजेन पोजेटिभ ६ जनासहित १९५ जनालाई कोरोना पुष्टि भएको छ । थप दुई जनाको मृत्यू भएको छ । मृत्यू हुनेहरुमा दमक र विर्तामोडमा दुई वृद्धा रहेका छन् ।
झापामा जम्मा संक्रमितहरु ६११४ पुगेको छ भने मृतकको संख्या १४७ पुगेको छ ।

आज झापाको दमकमा १५, विर्तामोड ३२, गौरादह ८, मेचीनगर १९, भद्रपुर २४, कनकाई १०, हल्दिवारी ३, अर्जुनधारा १६, बुद्धशान्ति ७, गौरीगञ्ज, कचनकवल २-२, कमल , बाह्रदशी, झापा १-१, शिवसताक्षी ६ र अन्य ३ जनामा कोरोना पुष्टि भएको हो । जिल्लामा संक्रिय संक्रमितको संख्या १३ सय ७५ पुगेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

प्रकाशित मिति : बैशाख २५, २०७८ शनिबार  ५ : ४४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]