कांग्रेस प्रवक्ता विश्वप्रकाशलाई कोरोना
विर्तामोड । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोनाभाइरसको संक्रमण भएको छ।
सोमबार आएको स्वाब परीक्षण रिपोर्टमा कोरोना पोजिटिभ देखिएको शर्माले बताएका छन्। उनलाई कोरोनाको लक्षण देखिएको छ। घरमै आइसोलेसनमा बसिरहेको उनले बताएका छन्।
सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना भएको जानकारी दिँदै उनले ज्वरो र जीउ दुखाइ बढेपछि स्वाब दिएको र कोरोना संक्रमण पुष्टि भएको उल्लेख गरेका छन्। उनले भनेका छन, “औषधि सेवन शुरु गरेको छु। डेरामै आइसोलेसनमा छु। लक्षणले च्यापेका छन् तर मनोबल उच्च छ।”