बैशाख १४, २०८२ आईतबार

कृत्रिम अभाव र मूल्यबृद्धि नगर्न आग्रह

भद्रपुर । झापा उद्योग वणिज्य संघले कोरोना भाइरस (कोभिड–१९) महामारीको अवस्थामा कोरोना संक्रमण विरुद्ध सबैखाले स्वास्थ्य सुरक्षा अपनाएर उद्योग–व्यवसाय सञ्चालन गर्न उद्योगी–व्यवसायीहरुलाई आग्रह गरेको छ ।

संघको आइतवार बसेको कार्यसमितिको आकस्मिक बैठकले त्यस्तो आव्हान गरेको हो । अहिलेको अवस्थामा झापामा पनि कोरोना संक्रमितको संख्या ५०० को हाराहारीमा पुगेको उल्लेख गर्दै संघले सचेत रहन आग्रह गरेको छ ।

संघका अध्यक्ष नवराज पनेरुको अध्यक्षतामा बसेको सीमित पदाधिकारीहरुको बैठकपछि संघले एक अपिल जारी गर्दै हालको संकटको अवस्थामा बजारमा हुनसक्ने दैनिक उपभोग्य बस्तुहरुको अभाव र मूल्यबृद्धिलाई सम्वेदनशील ढंगले लिँदै कुनै पनि कृत्रिम अभाव र अस्वाभाविक मूल्यबृद्धि नगर्न÷नगराउन अनुरोध गरेको छ ।

‘निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको मातहतमा रहेको झापा उद्योग वाणिज्य संघ आफैमा जिम्मेवार संस्था भएकाले यस संस्थामा आबद्ध सबै सदस्यहरुको यस विषम परिस्थितिमा संवेदनशील र जिम्मेवार भूमिका आवश्यक छ नै राज्यले गम्भीर ढंगले कोरोना संक्रमणलाई न्यूनिकरण गर्न गरेका महत्वपूर्ण निर्णयहरुलाई आत्मसाथ गर्दै व्यवसायिक भूमिका निर्वाह गर्न हामी सबै व्यवसायीहरुलाई हार्दिक अनुरोध गर्दछौं’, अपिलमा भनिएको छ ।
संघले अहिलेको यो विशिष्ट परिस्थितिमा सरकारी निकायबाट बजार अनुगमन हुने हुँदा सबै व्यवसायीहरुले आफ्ना व्यवसायका मूल्यसूचीका साथै बिल–बिजक चुस्त–दुरुस्त राखी कारोवारलाई पारदर्शी बनाउन पनि आग्रह गरेको छ ।

प्रकाशित मिति : बैशाख २०, २०७८ सोमबार  ८ : ५३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]