बैशाख १४, २०८२ आईतबार

वैदेशिक रोजगारीमा जाने बढे

झापा । कोरोना महामारीबीच पनि पछिल्लो महिना वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढेको छ । स्वदेशमा रोजगारीको अवसर नभएपछि कोरोनाको कहर र डरका बीचमा पनि श्रम स्वीकृति लिएर विदेश जानेको सङ्ख्या बढेको हो ।

वैदेशिक रोजगार विभागका अनुसार पछिल्लो चैतमा ७३ देशका लागि दुई हजार १०७ महिलासहित ३२ हजार १४२ जना श्रम स्वीकृति लिएर रोजगारीका लागि विदेशिएका छन् । जब कि गत फागुनमा जम्मा १९ हजार ८०८ जनाले श्रम स्वीकृति लिएका थिए ।

चैतमा श्रम स्वीकृति लिएर विदेशिनेको सङ्ख्या फागुनको भन्दा १२ हजार २९९ जनाले बढी हो । यस अवधिमा श्रम स्वीकृति लिएर जाने नेपालीका श्रम गन्तव्य मुलुक, साउदी अरब, कतार, मलेसिया, संयुक्त अरब इमिरेट्स (यूएई), बहराइन, कुवेत, जापानलगायतका देश छन् ।
चैतमा श्रम स्वीकृति लिनेको सङ्ख्या बढे पनि विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ का कारण देशका विभिन्न जिल्लामा गरिएको निषेधाज्ञाका कारण वैदेशिक रोजगारीमा पुनः समस्या आउने देखिएको छ ।

सरकारले अन्तर्राष्ट्रिय हवाई उडान र श्रम स्वीकृति खुला नै राखेको छ तर अत्यावश्यकबाहेक सार्वजनिक र निजी सवारी साधन चलाउन रोक लगाएका कारण वैदेशिक रोजगारीको प्रक्रिया सामान्य रूपमा मात्रै चलेको छ ।

प्रकाशित मिति : बैशाख २०, २०७८ सोमबार  ८ : ४४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]