बैशाख १४, २०८२ आईतबार

विर्तामोड जग्गा काण्ड : गिरोहका ९ जना जेल चलान

झापा । झापा विर्तामोड –१ स्थित स्वर्गीय टुंङगबहादुर बस्नेतको नाममा रहेको जग्गा अधिकृत वारेसनामा नै किर्ते बनाएर जग्गा बिक्री गर्ने गिरोहका ९ जना कारागार चलान भएका छन् । १ जना धरौटी रकम बुझाएर रिहा भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

पुर्पक्षका लागि कारागार चलान हुनेहरुमा बाह्रदशी–३ स्थायी ठेगाना भइ हाल बिर्तामोड २ चैतुवारी बस्ने बर्ष ३९ को मंगल सिंह राजबंशी, भद्रपुर ७ बस्ने बर्ष ५२ को नबिन कोईराला, भोजपुर तिवारीभञ्ज्याङ्ग २ स्थायी ठेगाना भई हाल गौरीगंज १ बस्ने बर्ष ३७ को बलराम बिश्वकर्मा (सुशिल) , अर्जुनधारा ५ बस्ने बर्ष ५३ को लेखनाथ खनाल, बिर्तामोड ४ बस्ने बर्ष ३४ को गोविन्द वान्तवा (मिलन), बिर्तामोड नपा १० बस्ने बर्ष ७२ को देबी प्रसाद पाण्डे र बिर्तामोड ४ बस्ने बर्ष ३२ की रञ्जु राई रहेको प्रहरी प्रवक्ता राकेश थापाले जानकारी दिए ।

प्रहरीका अनुसार १ लाख ५० हजार धरौटी तिर्न नसक्दा बाह्रदशी ५ बस्ने बर्ष ५० लिलाधर राजबंशी, शिवसताक्षी ८ बस्ने बर्ष ४२ को भुपदेब कट्वाल कारागार चलान गरिएको छ । मोरङ उर्लाबारी ४ बस्ने राजन बिश्वकर्मा ५० हजार धरौटी तिरेर रिहा भएका छन् । उनीहरुलाई प्रदेश प्रहरी कार्यालय विराटनगर र झापा प्रहरीले विभिन्न मितिमा पक्राउ गरेको थियो ।

ठगी,सरकारी छाप दस्तखत किर्ते,अपराधिक लाभ तथा संगठित अपराध मुद्दामा झापा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धानगर्ने क्रममा आज अदालतको आदेशबाट प्रतिबादीहरुलाई कारागार चलान गरिएको हो । उनीहरुले बस्नेतको नाममा रहेको कित्ता नं. ४१८३ को १ कठ्ठा १३.७५ धुर जग्गा हडपेका थिए ।

प्रकाशित मिति : बैशाख १९, २०७८ आईतबार  ९ : २५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]