बैशाख १४, २०८२ आईतबार

झापामा सर्वदलीय बैठक : सेनालाई शव बोक्ने गाडि उपलब्ध गराउन माग

विर्तामोड । झापाका राजनीतिक दलहरुले सेनाका लागि शव व्यवस्थापन गर्न सवारी साधन माग गरेका छन् । नेकपा एमालेको जिल्ला पार्टी कार्यालय विर्तामोडमा शनिवार बसेको सर्वदलीय बैठकले शव बोक्ने गाडि माग गरेको हो ।

नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, राप्रपा र राजपाको बैठकले प्रदेश १ का आन्तरिक मामिला मन्त्री हिक्मत कार्कीलाई झापाको अवस्था बारे जानकारी गराउँदै सो माग गरेका हुन् । नेकपा एमाले झापाका अध्यक्ष चिन्तन पाठकले जिल्लाको अवस्था जानकारी दिंदै आवश्यक समन्वयका लागि आग्रह गरेको बताए । उनका अनुसार सीमा क्षेत्रमा खटिने सशस्त्र प्रहरीको अस्थायी पोष्ट निर्माणका लागि जस्तापाता, खानपिनका लागि आवश्यक भाँडा, प्रहरीलाई पीपीई सेट समेत उपलब्ध गराउन माग गरिएको छ ।

निजी अस्पतालहरुलाई कोभिड संक्रमितको उपचार गर्नका लागि समन्वय गरिन समेत मन्त्री कार्कीलाई ध्यानकर्षण गराइएको छ । दलहरुले कोभिड उपचार गर्ने निजी अस्पताल टुङ्गो लगाइदिन आग्रह गरेका छन् । बैठकमा एमालेका प्रदेश १ अध्यक्ष देवराज घिमिरे, जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेल लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : बैशाख १८, २०७८ शनिबार  ७ : ५५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]