बैशाख १६, २०८२ मंगलबार

प्रदेश १ मा तीन दिनमा ११ को मृत्यु

कमल रिमाल

विराटनगर । लगातारको वर्षा, बाढी र पहिरोका कारण प्रदेश १ मा तीन दिनमा ११ जनाको मृत्यु हुनुका साथै २ जना बेपत्ता भएका छन् ।


मृत्यु हुनेमा २ महिला र ४ बालबालिका छन् भने खोलाले बगाएर ४ जना बेपत्ता छन् । भोजपुरमा थप ३ जना बेपत्ता भएको खबर आएपनि उनीहरूको विवरण प्राप्त नभएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।


खोटाङको खोटेह्याङ गाउँपालिका २ मा बाढीले घर भत्किँदा शुक्रबार एक महिला र उनका दुई छोराको मृत्यु भएको छ ।
घरको पर्खालले किचिएका रेखा राई (२८), उनका छोरा ४ वर्षीय रोमन र ७ महिने रोहनको शनिबार बिहान शव निकालिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।


यस्तै उदयपुर घर भई इटहरीमा बस्दै आएका सागर थापालाई स्थानीय खोलाले बिहीबार बगाएकोमा शनिबार बिहान शव फेला परेको छ । पाँचथरको मिक्लाजुङ ४ मा ९ वर्षीय दिवन राई खोलाले बगाएर शुक्रबारदेखि बेपत्ता छन् ।


झापा भद्रपुर ९ का सफल हस्दा (४५) लाई बिहीबार खोलाले बगाएकोमा उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । सुनसरी बराह नगरपालिका १ का १० वर्षीय अर्पन राई र मोरङ कानेपोखरी २ का नाम थर नखुलेका एक व्यक्ति बिहीबारदेखि खोलाले बगाएर बेपत्ता भएको प्रहरीले बताएको छ । Himalkhabar

प्रकाशित मिति : असार २८, २०७६ शनिबार  २ : ०६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]