विर्तामोडमा थप ४ जनालाई कोरोना
विर्तामोड । झापाको विर्तामोडमा फेरि ४ जना व्यक्तिमा कोरोना पुष्टि भएको छ । विर्तामोड –७ का २ महिला र २ पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । उनीहरु दुवै जना स्थानीय हुन् ।
यस्तै, मेचीनगरमा ३ महिलासहित ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु भारतबाट आएका हुन् । हालसम्म झापामा कोरोनाका कारण १२९ जनाको मृत्यू भइसकेको छ ।