दलित आयोगका सदस्य बराइलीलाई सम्मान
विर्तामोड । दलित आयोगका नवनियुक्त सदस्य टुन्ज बराइलीलाई सम्मान गरिएको छ । विर्तामोडमा आयोजित एक कार्यक्रमका विच आयोगका सदस्य बराइलीलाई सम्मान गरिएको हो ।
दलित जागर अभियान केन्द्र नेपालले आइतवार विहान एक कार्यक्रमको आयोजना गरि सम्मान गरेको छ । दलित समुदायको मुक्ति र अधिकारका लागि आयोगका तर्फबाट प्रभावकारी काम गर्न बराइलीलाई शुभकामना दिइएको छ । अधिकांश सदस्यहरुले आयोगमा नाम मात्र लेखाइरहेको तर, दलित समुदायको निम्ति काम गर्न नसकेको दलित समुदायका अगुवाहरुको प्रतिक्रिया थियो । कार्यक्रममा सहभागी दलित अगुवाले बराईलीलाई आफ्नो कार्यकाल फलदायी र उपलब्धी मुलक बनाउन सूझाव समेत दिएका छन् ।

सम्मानित व्यक्तित्व बराइलीले जातीय भेद्भाव तथा छुवाछूतका घटना कसैले पनि लुकाउन नहुने बताए । उनले जातीय भेद्भाव सामाजिक विसंगति र कुसंस्कार भएकाले सबैले यस्ता घटनालाई बाहिर ल्याउनुपर्ने जोड दिए ।
सम्मान कार्यक्रममा प्रतिनिधि सभा सदस्य विमला विक, प्रदेश सांसद् जसमाया गजमेर, जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेल र विर्तामोडका मेयर धु्रव कुमार शिवाकोटी लगायतले शुभकामना मन्तव्य राखेका थिए । जागरण अभियानका अध्यक्ष छविलाल विश्वकर्माको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ ।