बैशाख १३, २०८२ शनिबार

बालबालिकामा कोरोना देखिएपछि विद्यालय एक साता बन्द

विराटनगर । विराटनगर महानगरपालिकाले एक साताको लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

विराटनगरमा कोरोना संक्रमण दर बढेसँगै नगरभित्रका विधालय एक साताको लागि पठनपाठन बन्द गर्ने निर्णय गरिएको मेयर भीम पराजुलीले जानकारी दिए । पछिल्लो समय विराटनगरमा २९ जना बालबालिकामा कोरोना संक्रमण देखिएको छ ।

विराटनगर महानगरको शिक्षा समितिको बैठकले तत्काललाई एक साताका लागि महानगरभित्रका विद्यालय बन्द गर्ने निर्णय गरेको शिक्षा शाखाका प्रमुख दुर्गा खतिवडाले जानकारी दिए ।

महानगरपालिकाको तथ्याङ्क अनुसार शनिबारसम्म विराटनगरमा १ सय ३८ जनामा कोरोना संक्रमण देखिएको थियो । तीमध्ये २९ जना २० वर्षमुनिका हुन् । नयाँ संक्रमित ७ देखि २० वर्षसम्मका छन् । स्वास्थ्यमन्त्रालयको कोरोना संवेदनशील जिल्लाको सूचीमा मोरङ पनि छ ।

प्रकाशित मिति : बैशाख ५, २०७८ आईतबार  ५ : ११ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]