बैशाख १३, २०८२ शनिबार

हामी पाँचौं वर्षमा : प्रकाशकीय

आजबाट हामीले संघर्षमय चार वर्ष पुरा गरेका छौं । स्थापनाकालदेखि शुरु भएको संघर्ष अझै पनि उस्तै छ । चार वर्ष पुरा गरेर पाँचौं वर्ष प्रवेशको यो सुखद् क्षण तपाई तमाम् पाठकहरु माझ सुनाउन पाउँदा अत्यन्तै हर्षित भएका छौं । सामान्यतयः पाँच वर्ष प्रवेश गर्नुले हामीलाई थोरै बल प्राप्त भएको छ । बच्चा जन्मिएको पाँच वर्ष भए पछि अभिभावकले हुर्किएको अनुभूति गरेका हुन्छन् । त्यस्तै, हामीलाई पनि हुर्कियौ भन्ने अनुभूति भएको छ ।

२०७४ साल बैशाख १ गतेबाट नियमित प्रकाशन भइरहेको इजलास विभिन्न समस्याका बिचमा पनि आफ्नो दायित्व पुरा गर्ने सवालमा पछि हटेको छैन । जस्तो सुकै परिस्थितिमा पनि नागरिकको सूचनाको हकलाई प्रत्याभूत गराउन काम गर्दै आएका छौं । सबैभन्दा कठिन समय विश्वभर फैलिएको कोरोना भाइरस संक्रमणका कारण गुज्रियो । जसका कारण हामीले पनि प्रकाशनलाई केहि समय स्थगित गरेका थियौं । अखवारको प्रकाशन नहुँदा हामीले कोरोना महामारीको समयमा हाम्रो अनलाईन न्यूज पोर्टल इजलास डटकमबाट सूचना प्रवाह गरिरह्यौ ।

कोरोना महामारीको समयमा नागरिकलाई सतर्क र सुरक्षित राख्न पलपलमा सूचना दिइरह्यौ ।
पछिल्लो केहि वर्ष प्रिन्ट मिडियामा देखा परेका अनेकौ चुनौतिले हामीलाई पनि अछुतो बनाएको छैन । त्यसका बाबजुत पनि नागरिकलाई सूचना दिनु हाम्रो मुख्य कर्म मानेका छौं । नागरिकको सूचनाको हक र लोकतन्त्रको पक्षमा कलम चलाएर समाज रुपान्तरणमा योगदान गरिरहेका छौं । सामाजिक विकृति विसंगति, भ्रष्टाचार, वेथिती विरुद्ध इजलासले उठाएका मुद्धा स्मरणयोग्य । जसले गर्दा हाम्रा पाठक वर्गमा इजलासप्रतिको माया, सद्भाव बढ्दै गएको छ । अन्त्यमा , प्रकाशन शुरु भएदेखि हालसम्म पाठक वर्ग, विज्ञापनदाता, शुभचिन्तकले गरेको सहयोग, सद्भाव र मायाप्रति हामी सधै आभारी छौं । र, आगामी दिनमा समेत यस्तै अपेक्षा गरेका छौं ।

नारायण प्रसाद पोखरेल
अध्यक्ष
टाइम्स मिडिया नेटवर्क प्रा.लि

प्रकाशित मिति : बैशाख १, २०७८ बुधबार  ६ : ५० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]