बैशाख १२, २०८२ शुक्रबार

झापाका ६ सहित प्रदेश १ मा २१ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा आज २१ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १०, झापामा ६, सुनसरीमा ४ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार मोरंगको विराटनगरमा ६, पथरीशनिश्चरे, सुन्दरहरैचा, केराबारी र स्थानीय तह नखुलेका १–१ जना, झापाको दमकमा ४, विर्तामोड र भद्रपुरमा १–१, सुनसरीको धरानमा २, इटहरी र दुहवीमा १–१ र प्रदेश १ बाहिरका १जनामा संक्रमण देखिएको छ । प्रदेश १ माआज सम्म ३० हजार ४३८ जनामा संक्रमण देखिएको छ ।

प्रदेश १ मा आज १९५ जनाको पीसीआर परीक्षण गर्दा ७ महिला र १४ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म २ लाख ३२ हजार ९५३ जनाको पीसीआर परीक्षण गरिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : चैत्र २८, २०७७ शनिबार  ६ : २८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]