बैशाख १२, २०८२ शुक्रबार

२५ ग्राम ब्राउन सुगरसहित एक युवक पक्राउ

झापा – झापामा प्रतिबन्धित लागु औषध २५ ग्राम खैरो हेरोइनसहित एक व्यक्ति पक्राउ परेका छन् । आइतवार जिल्ला प्रहरी कार्यालय झापा र लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले कचनकवल गाउँपालिका २ का २८ वर्षीय सञ्जय लामालाई पक्राउ गरेको हो ।

पक्राउ परेका लामाको साथबाट २५ ग्राम ५० मिलिग्राम ब्राउनसुगर (खैरो हेरोइन) र एक थान तराजु बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका लामालाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : चैत्र २२, २०७७ आईतबार  ६ : ५९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]