चौधरीको टाटुमा दुर्गा प्रसाईको तस्वीर
विर्तामोड । विएण्डसी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईको तस्वीर शरिरमा खोपिएको छ । पछिल्लो समय चर्चामा रहेका प्रसाईको झापा विर्तामोडका विजय चौधरीले आफ्नो पाखुरामा तस्वीर खोपेका हुन् । चौधरीले टाटु नै हानेर प्रसाईको प्रशंसा गरेका छन् ।
युवाहरुका विच लोकप्रिय बनेका प्रसाईको टाटु खोपेका चौधरीले सम्मानका लागि टाटु बनाएको प्रतिक्रिया दिएका छन् । उनले प्रसाईले स्वास्थ्य क्षेत्रमा गरेको योगदानसँगै उनको हिम्मत र आँट प्रेरणा बनेकाले टाटु खोपेको जानकारी दिए । विर्तामोड–७ का चौधरीले २५ हजार तिरेर टाटु हानेका छन् । उनी विएण्डसीका पूर्व कर्मचारी हुन् ।
