बैशाख १४, २०८२ आईतबार

अविश्वास प्रस्ताव फिर्ता लिन सात दिनकाे समय

माेरङ – प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफूविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता लिन आफ्नो दलका प्रदेश सभा सदस्यलाई सात दिन समय दिनुभएको छ ।

नेकपा एमाले पुनर्स्थापित भएपछि पहिलो पटक बसेको नेकपा एमाले प्रदेश १ को संसदीय दलको बैठकमा मुख्यमन्त्री राईले अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने प्रदेश सभा सदस्यलाई हस्ताक्षर फिर्ता लिन सात दिनको समय दिनुभएको प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले जानकारी दिनुभयो ।

एमाले संसदीय दलको बैठकमा नेकपा माओवादी केन्द्रका तर्फबाट रहेका उपनेता टङ्क आङ्बोको पनि उपस्थिति रहेको प्रमुख सचेतक राजभण्डारीले जानकारी दिनुभयो ।

मुख्यमन्त्री राईविरुद्ध गएकाे पुस १२ गते अविश्वास प्रस्ताव प्रदेश सभा सचिवालयमा दर्ता भएको थियो । यसैबीच एमालेको माधव नेपाल समूहले प्रदेश १ र वाग्मती प्रदेशका मुख्यमन्त्रीविरुद्धको अविश्वासकाे प्रस्ताव फिर्ता लिने बताएको छ । 

प्रकाशित मिति : चैत्र ११, २०७७ बुधबार  ८ : ०७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]