अवैध मदिरा राजश्वमा बुझाईयो
विर्तामोड । जिल्ला प्रहरी कार्यालय झापाले भारतबाट अवैध रुपमा भित्राएको मदिरा अनुसन्धानका लागि राजश्व कार्यालय भद्रपुरलाई बुझाएको छ ।
इलाका प्रहरी कार्यालय बुधबारेले मेची राजमार्गमा सवारी चेकजाँचका क्रममा बरामत गरेको ९५ बोतल मदिरा सहित मे १ ज ३३५१ नम्बरको भेन आन्तरिक राजश्व कार्यालय भद्रपुरलाई बुझाएको झापा प्रहरीका प्रवक्ता राकेश थापाले जानकारी दिए । प्रहरीले ८४ बोतल सिक्किमे र ११ बोतल फायरबल नामक मदिरा बरामत गरेको थियो । प्रहरीका अनुसार विभिन्न समयमा बरामत गरिएका मदिरा समेत बुझाइएको छ ।