बैशाख १५, २०८२ सोमबार

जसमायाको नेतृत्वमा अनेमसंघ झापाको सम्मेलन आयोजक कमिटी गठन

विर्तामोड । जसमाया गजमेरको अध्यक्षतामा अखिल नेपाल महिला संघ झापाको सम्मेलन आयोजक कमिटी गठन भएको छ । २ सय २५ सदस्यीय आयोजक कमिटी बनाइएको अनेमसंघ झापाले जनाएको छ ।

संघको उपाध्यक्षमा पवित्रा पाठक, कमला आचार्य , सचिव लीला दाहाल, सहसचिव सिता ढुङ्गाना (विश्वकर्मा) र कोषाध्यक्षमा रेनुका डाँगी चयन भएका छन् । ६ महिनाभित्र आयोजक कमिटीले जिल्ला सम्मेलन सम्पन्न गर्ने सहसचिव विश्वकर्माले जानकारी दिइन् ।

शनिवार जिल्ला पार्टी कार्यालयमा आयोजित भेलाले आयोजक कमिटी बनाएको हो । भेलामा अनेमसंघ केन्द्रीय उपाध्यक्ष मेनका काफ्ले लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रकाशित मिति : चैत्र ७, २०७७ शनिबार  ८ : ४८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]