बैशाख १६, २०८२ मंगलबार

कानून व्यवसायी महिला राष्ट्रिय सम्मेलन चैत ६ र ७ गते हुने

काठमाडौं । ‘विषम् परिस्थितिमा न्यायमा पहुँच र समानमाः कानून व्यवसायी महिलाकोे प्रबिद्धता’ भन्ने नाराका साथ २९ औँ कानून व्यवसायी महिला राष्ट्रिय सम्मेलन– २०७७ यही चैत ६ र ७ गते हुने भएको छ ।

नेपाल बार एसोसिएसन महिला समितिले भर्चुअल रुपमा गर्न लागेको सम्मेलनको उद्घाटन सर्वोच्च अदालतका न्यायाधीश सपना मल्लले उद्घाटन गर्नेछिन् । प्रा डा शशि अधिकारीले कार्यपत्र प्रस्तुत गर्नेछिन् । यसवर्ष विपद्, युद्ध र महामारीमा महिलामा नै बढी असर पर्ने भएकाले उनीहरुलाई न्यायमा पहुँच पुर्याउने भन्ने विषयमा सम्मेलनमा छलफल हुनेछ । 

बारको महिला समितिले प्रत्येक वर्ष महिलालाई न्यायमा पहुँच कसरी पुर्याउने भन्ने विषयमा फरकफरक विषयमा सम्मेलन गर्दै आएको छ । नेपालमा कूल कानून व्यवसायी महिला तीन हजार छन् ।

प्रकाशित मिति : चैत्र ६, २०७७ शुक्रबार  ८ : ४२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]