बैशाख १६, २०८२ मंगलबार

वाणिज्य संघको कार्यक्रम अन्यौल : समितिभित्रैबाट ११ जना पदाधिकारीको विरोध

विर्तामोड । विर्तामोड उधोग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले अनाधिकृत रुपमा पद् हस्तान्तरण कार्यक्रममको आयोजना गरेकोमा कार्यसमितिका ११ जना पदाधिकारी सहित सदस्यहरुले विज्ञप्ति जारी गर्दै कार्यक्रमप्रति असहमति जनाएका छन् । उनीहरुले असहमति जनाएसँगै कार्यक्रम अन्यौल बनेको छ ।

निवर्तमान अध्यक्ष बलराम कार्की, वाणिज्य उपाध्यक्ष नारायण चिमरिया, जनसम्पर्क उपाध्यक्ष पार्वता खरेल, महासचिव भेषराज भण्डारी प्रशान्त, उधोग सचिव रविन्द्र भट्टराई, वाणिज्य सचिव प्रकास घिमिरे, सदस्यहरु राजकुमार घिमिरे, राजु सापकोटा, खगेन्द्र खरेल, गौरीशंकर गुप्ता ‘टिंकु’ र उर्मिला विमली खरेलले संयुक्त विज्ञप्ति जारी गर्दै विधि विधान मिचेर अध्यक्ष कुमार भट्टराईले आयोजना गरेको पद् हस्तान्तरण कार्यक्रम प्रति आपत्ति जनाएका छन् । उनीहरुले सो कार्यक्रममा उपस्थिति समेत नजनाउने बताएका छन् ।

संघको बैठक बसेर सहमतिमा कार्यक्रम आयोजना हुनुपर्ने उनीहरुको माग छ । अध्यक्ष भट्टराईले मनोमानी रुपमा कार्यक्रम आयोजना गरेर अनियमित आर्थिक प्रतिवेदनलाई पारित गराएको आरोप छ । विज्ञप्ति जारी गर्दै पद् हस्तान्तरण कार्यक्रमप्रति विमति जनाउँदै उनीहरुले विधि प्रक्रियाबाट मात्रै कार्यक्रम आयोजना हुनुपर्ने बताएका छन् । वाणिज्य सचिव प्रकास घिमिरेले माइन्यूटमा जवरजस्ती हस्ताक्षर गराएको बताएका छन् । उनले अध्यक्षले आफु खुशी आयोजना गरेको पद् हस्तान्तरणमा विमति रहेको बताए ।

प्रकाशित मिति : चैत्र ४, २०७७ बुधबार  ८ : ४७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]