बैशाख १६, २०८२ मंगलबार

नेपालीलाई ब्राउन सुगर पुर्याउन आउने दुई भारतीय महिला पक्राउ

विर्तामोड । इलाका प्रहरी कार्यालय धुलावारीले १५० ग्राम ब्राउन सुगरसहित दुई भारतीय महिलालाई पक्राउ गरेको छ । आज दिउँसो उनीहरुलाई मेचीनगर–१५ फडानीस्थित काँसघारीबाट नियन्त्रणमा लिएको थियो ।

ज्यामिरगडी प्रहरीको सहयोगमा काँसघारीबाट दार्जिलिङ जिल्लाको मैनागुडी थाना खोरीबारीकी २७ वर्षीया सुनिता हेमरन र ३२ वर्षीया अनिता हेमरकलाई पक्राउ गरेको हो । पक्राउ परेका दुवै महिला अनुसन्धानका लागि म्याद थप गरी लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम कारवाही अघि बढाइएको झापा प्रहरीले जनाएको छ । नेपाली बजारमा यहाँका कारोवारीलाई निर्यात गर्न आउने क्रममा उनीहरु पक्राउ परेका हुन् ।

प्रकाशित मिति : चैत्र ३, २०७७ मंगलबार  ७ : ५० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]