बैशाख १६, २०८२ मंगलबार

प्रतिनिधिसभाको अर्को बैठक ६ गते

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक सकिएको छ । सभामुख अग्नि सापकोटाले अर्को बैठक चैत ६ गते दिनको १ बजे तोकेका छन् ।

बैठकमा संविधानसभा सदस्य दिनेशचन्द्र यादवको निधनमा शोक प्रस्ताव प्रस्ताव पारित गरिएको छ । यादवको निधनप्रति एक मिनेट मौनधारण गरेर श्रद्धाञ्जली व्यक्त गरिएको छ।

सभामुख सापकोटाले बैठकको अध्यक्षता मनोनय गरिएका नाम पढेर सुनाएका थिए । उनका अनुसार सांसदहरू डिला संग्रौला पन्त, मानबहादुर विश्वकर्मा, राधा ज्ञवाली, रेखा शर्मा, रेनुकुमारी यादव, लालबाबु पण्डित र सोमप्रसाद पाण्डेलाई बैठकको अध्यक्षता गर्न मनोनयन गरिएको छ ।

त्यस्तै कारबाहीमा परेकी सांसद सरिता गिरीको ठाउँमा लीलादेवी सिटौला मनोनय गरिएको समेत जानकारी बैठकमा गराइएको थियो । मृत्यु भएकी सांसद ज्ञानकुमारी छन्यतालको स्थानमा सुवर्णजुहार चन्द र सूर्यबहादुर केसीको ठाउँमा मोहन प्रसाद पाण्डेलाई नियुक्त गरिएको छ।

प्रतिनिधिसभा पुनःस्थापनापछि पटक-पटक बैठक बसेपनि शोक प्रस्ताव पेश हुनेबाहेक अरु विजनेश अघि बढेको छैन ।

प्रकाशित मिति : चैत्र ३, २०७७ मंगलबार  १ : ५० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]