नेपाल टुरमा हेवन वाटर पार्क आउदैछ अनुप्रस्था व्याण्ड
विर्तामोड । भ्यालेन्टाइन विक फेस्टिबलको भव्य सफलता पछि हेवन वाटर पार्क विर्तामोडले यहि चैत ६ गते अनुप्रस्था व्याण्ड ल्याउने भएको छ । अनुप्रस्था व्याण्डले नेपाल टुर अन्तर्गत उपत्यकापछि पहिलो सांगितीक कार्यक्रम आयोजनाका लागि झापाको हेवन वाटर पार्कलाई छनोट गरेको छ । नेपाल टुर अन्तर्गत व्याण्डले पहिलो प्रस्तुति काठमाडौं स्थित प्लाटिनियम क्लव गरेको थियो ।

पर्यकटीय गन्तब्यको रुपमा विकास भइरहेको हेवन वाटर पार्कमा आन्तरिक पर्यटकको लागि सांगितीक कार्यक्रम आयोजना गर्दै आएको पार्कका प्रवन्ध निर्देशक नेपाल रत्न शिवाकोटीले जानकारी दिए ।
अनुप्रस्था नेपाली युवाहरुले सर्वाधिक रुचाएको व्याण्ड हो । सो व्याण्ड हेवन आउने निश्चित भएपछि सांगितीक प्रेमीहरु उत्साहित भएका छन् । साँझ ६ बजेदेखि शुरु हुने कार्यक्रममा सहभागी बन्न अग्रिम टिकट गर्नेलाई २५० र कार्यक्रम कै दिन टिकट गर्नेहरुलाई ३०० रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।
सम्झेर मलाई, दिन त्यो पनि थियो अनुप्रस्थाको पछिल्लो चर्चित गितहरु हुन् ।
भ्यालेन्टाइन विकमा हेवन वाटर पार्कमा मुक्ति एण्ड रिभाइभल, झिल्के एण्ड द कम्पनी र मन्की टेम्पलले बेजोड प्रस्तुति राखेको थियो ।