बैशाख १६, २०८२ मंगलबार

हल्दिवारी बैशाखदेखि आफ्नै भवनमा

विर्तामोड । हल्दिवारी गाउँपालिकाको निर्माणधिन कार्यालय भवन बैशाखबाट प्रयोगमा आउने भएको छ । गाउँपालिकाका प्रवक्ता सागर पोर्तेलले बैशाखबाट भवनबाटै सेवा प्रवाह हुने जानकारी दिए ।

हल्दिवारी गाउँपालिका–५ धनुषपोखरी टोलमा निर्माण भइरहेको गाउँपालिकाको कार्यालय अन्तिम चरणमा पुगेको छ । भवनको संरचना निर्माण भइसकेको छ, पार्तेलले भने – फिनिसिङ सकिएपछि कार्यलय सारिनेछ ।

धनुष आकारमै निर्माण गरिएको प्रशासनिक भवन ०७६ चैत ३० सम्पन्न गरेर हस्तान्तरण गर्ने सम्झौता भएको थियो । कोरोना महामारीका कारण भवन एक वर्ष ढिलो गरी हस्तान्तरणको तयारीमा पुगेको छ । भवन निर्माणको क्रममा जग्गामा समेत समस्या आएपछि निर्माणकै क्रममा केहि महिना काम रोकिएको थियो । साढे ५ करोड रुपैयाँ लागत अनुमान गरिएको सो भवन किरातेश्वर कन्स्ट्रक्सन एण्ड ड्रिलिङ कम्पनी काठमाडौंले ३ करोड ९० लाख ७९ हजार ३ सय ३ मा निर्माण गरिरहेको छ ।

गाउँपालिकाका उपाध्यक्ष डम्बर गिरीले नयाँ कार्यालयमा सरेपछि नागरिकको सेवा प्रवाहमा सहज हुने बताएका छन् । उनले सेवा प्रवाहलाई प्रभावकारी बनाउन सुविधा सम्पन्न भवन निर्माण गरिएको बताए ।

प्रकाशित मिति : चैत्र ३, २०७७ मंगलबार  ८ : २४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]