बैशाख १६, २०८२ मंगलबार

चालक तनावमुक्त हुनुपर्ने : प्रनानि रेग्मी

काँकरभिट्टा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि झापाद्वारा सञ्चालित एनएमसी डेरी उद्योगले आफ्नो उद्योगमा कार्यरत चालकहरुका लागि एकदिने चेतनामुलक ट्राफिक शिक्षा कार्यक्रम आइतबार सम्पन्न गरेको छ ।

उद्योगमा रहेका सवारीका करिव दुईदर्जन चालकहरुलाई ट्राफिक सम्बन्धि तथा सवारी ऐनका बारेमा अस्थायी ट्राफिक प्रहरी पोस्ट काँकरभिट्टाका प्रहरी नायव निरीक्षक कालीदास रेग्मीले प्रशिक्षण दिएका थिए । प्रनानि रेग्मीले ठुला या साना सवारीका चालकहरुले रोक, हेर र जाउको सिद्घान्तलाई आत्मसाथ गर्नुपर्नेमा जोड दिए ।

उनले आफ्नो साइडभन्दा विपरीततर्फ गएर सवारी चलाउदा र प्रतिस्पर्धा गर्दा अत्याधिक दुर्घटना हुने भएकाले त्यसतर्फ सवारी चालक चलाख बन्नुपर्ने बताए । हरेक चालक सवारी चलाउने बखत तनावमुक्त हुनुपर्ने र कसैसँग रिसराग गर्न नहुने तथा दिमागमा नानाथरीका कुरा खेलाउनु नहुने भन्दैं एउटा चालकको काँधमा ठुलो जिम्मेवारी रहेको प्रष्ट पारे ।

पूल वा लामा लामा धर्का भएका ठाउामा गाडीले ओभरटेक गर्न नपाईने यदि त्यसो गरी ऐन अनुसार दण्ड जरिवाना हुने उनले बताए । कहिल्यै पनि पछाडीबाट बाटो क्रम गर्नु नहुने उनको भनाई थियो । दुर्घटना भए तत्काल सम्बन्धित निकायमा जानकारी गराउनु हरेक नागरिकको दायित्व भएको भन्दैं चालकको त झन ठुलो दायित्व भएको उनको भनाई छ ।

यदि कुनै मान्छेलाई मार्र्नेले नियतले दुर्घटना गराएमा उस्लाई जन्मकैदसम्मको सजाय हुने तथा पछि सारेर मारेको खण्डमा कडा भन्दा कडा कारवाही हुने समेत उनले चालकहरुलाई जानकारी गराए । अधिकांश दुर्घटना मानिसका कारण हुने गरेका छन् भने केही दुर्घटना यान्त्रिकका कारण पनि हुने गरेका छन् ।

यसकारण समय समयमा आफ्ना सवारी साधनको राम्ररी चेकजाँच गर्नुपर्ने समेत उहाँले सुझाव दिए । उनले आफ्नो सवारी साधन ४० को गतिमा छ भने त्यसलाई रोक्नुपरेमा १७ मिटर ,५० को गतिमा भए २३ मिटर ६० को गतिमा भए ३६ मिटर र ८० को गतिमा भए ५३ मिटरको दुरी आवश्यक पर्ने सहभागी चालकहरुलाई जानकारी गराएका थिए ।

पैदल यात्री, छाडा चौपायका कारणलगायतले दुर्घटना हुने भन्दैं चालकका काँधमा निक्कै ठुल्ठुला चूनौती भएकाले यसलाई सहजरुपमा नियन्त्रण गर्न सक्नुपर्ने उनको भनाई थियो । सवारी सम्बन्धिका साँकेतिक भाषाहरु बुझ्न नसक्दा दुर्घटना निम्तिने भएकाले ओभरटेक गर्दा, बाटो क्रस गर्दा, रोक्दा, या साइडमार्ग जान लाग्दा नियम अनुसारका बत्ती बाल्नुपर्ने उनको भनाई थियो ।

सडकमा जहिले पनि साइरन जडित गाडीहरुलाई प्राथमिकतामा राख्नुपर्न भन्दैं उनले नेपाली सेना, बारुण यन्त्र, एम्बुलेन्स, भिआइपि सवार सवारी साधनलाई प्राथमिता राख्न र तत्काल बाटो छाड्नुपर्ने बताए ।

कार्यक्रममा संस्थाका अध्यक्ष रामचन्द्र उप्रेती वरिष्ठ उपाध्यक्ष नारायणप्रसाद कोइराला, सञ्चालक सदस्य डम्मरबहादुर बस्नेतलगायतले एनएमसीलाई हाम्रो र राम्रो बनाउन खोजेको बताए । कार्यक्रमको उद्देश्यमाथि डेरीका कर्मचारी नवराज अधिकारीले प्रकाश पारेका थिए ।

प्रकाशित मिति : असार २२, २०७६ आईतबार  ७ : १६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]