बैशाख १६, २०८२ मंगलबार

अर्जुनधाराको संस्कृत विधालयमा बटुकमाथि हिंसा, एकजना बेपत्ता

बिर्तामोड । संस्कृत विधालयमा बटुकमाथि हिंसा भएको खुलासा भएको छ । अर्जुनधारा–९ मा रहेको भगवत भक्ति आश्रम देवर्षी संस्कृत विधालयका सचिव भक्ति प्रसाद रिजालले हातपात गर्ने, विजाउने शब्दहरुको प्रयोग गर्ने गरेको बटुकले जानकारी दिएका छन् ।


गत असार १० गतेबाट सोहि संस्कृत विधालयमा अध्ययनरत बटुक वेपत्ता भएपछि आश्रमभित्रको अत्याचार बाहिर आएको छ । ताप्लेजुङ घर भएका सुवास घिमिरे दुई सातादेखि बेपत्ता भएका छन् ।

उनका दाजु सन्तोष घिमिरेका अनुसार समितिको तर्फबाट खोजीको लागि कुनै पहल भएको छैन । म घर गएको थिए, वेपत्ताका दाजु सन्तोषले भने – आउँदा भाई छैन, घर पनि गएको छैन । समितिका सचिव रिजालले आफ्नो भाई आफै खोज्न भनेको उनले बताएका छन् ।


विरामी भएर घर गएका बेला उनलाई समेत आश्रमबाट निकाला गरिएको थियो । भाई बेपत्ता भएको खबर सुनेर आश्रम आएका उनलाई सचिव रिजालले आश्रम प्रवेश नगर्न भनेको जानकारी दिए । घटना पश्चात केहि दिनसम्म सबै बटुक आश्रम बाहिर बसेको स्थानीय अगुवाले जानकारी दिएका छन् ।

स्थानीयवासीको मुठ्ठी दानबाट सञ्चालित आश्रममा सचिवको व्यवहारले बालबालिकाको भविष्य अन्यौल भएको आरोप छ । इलाम घर भएका उज्वल सुवेदीले बटुकहरुको भविष्यमाथि खेलवाड भएको बताएका छन् । उनीहरुले साथी बेपत्ता भएपछि आफुहरु समेत असुरक्षित भएको जानकारी दिए ।
विभिन्न समयमा विना कारण बटुकलाई कृटपिट हुने गरेको बताइएको छ । अछामका चन्द्र प्रसाद पौडेललाई समेत निकाला गरेको बुझिएको छ । उनका अनुसार बालबालिकालाई खान नपाएर आएको भन्दै गालीगलौज गरेको बटुकहरुले सुनाएका छन् । त्यसो भनेको दिनदेखि एक जना बटुकले खाना समेत खान मानिरहेका छैनन् ।


आश्रमका सचिव रिजालले इजलाससँगको सम्पर्कमा एक जना बटुक सम्पर्कमा नरहेको स्वीकार गरेका छन् । सम्पर्कमा नभएका बटुकले स्थानीय एक बालिकालाई फोन मार्फत अभद्र व्यवहार गरेको भन्दै उनलाई सोधपुछ गरेको दिनदेखि सम्पर्क बाहिर गएको जानकारी दिए । उनले बालबालिकालाई गलत नियतबाट कुटपिट नगरेको बताएका छन् । उपद्रो गर्दा प्याटट्टपुट्ट गर्ने गरेको बताए ।
सो आश्रममा १४ जना बटुक स्थायी रुपमा अध्ययन गरिरहेका छन् ।

प्रकाशित मिति : असार २१, २०७६ शनिबार  ७ : ३३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]