झापाको तिन पर्यटकीय गन्तव्यलाई डेढ करोड
बिर्तामोड । सरकारले चालु आर्थिक वर्ष २०७५/७६ मा घोषणा गरेका १ सय पर्यटकीय गन्तव्यले आगामी वर्ष पनि बजेट पाउने भएका छन् ।

झापाको बिर्तामोडमा रहेको शहिद नेत्रलाल पार्क, गौरादहको गौरादह कृषि पर्यटन क्षेत्र र अर्जुनधारा पर्यटकीय क्षेत्र सहित सरकारले तय गरेको १ सय गन्तब्यमा बजेट विनियोजन गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार आगामी वर्ष १ सय गन्तव्यमा पर्यटकीय पूर्वाधार निर्माण गर्न ५० करोड रुपैयाँ विनियोजन भएको छ ।
चालु आर्थिक वर्षमा सरकारले यी गन्तव्यका लागि ५० लाख रुपैयाँका दरले बजेट छुट्याएको थियो ।