बैशाख १६, २०८२ मंगलबार

प्रहरीको असहयोगले दुर्घटनामा परेका लिम्बूको अवस्था जटिल

बिर्तामोड । इलाम सुर्योदय नगरपालिका –२ पशुपतिनगरका सुरज लिम्बू विएण्डसी अस्पतालको आइसियूमा छन् । बेहोस अवस्थामा रहेका लिम्बूको अवस्था जटिल बन्दै गएको छ । परिवारका अनुसार उनलाई गत असार ९ गते साँझमा ट्याक्टरले किचेको थियो ।


दुर्घटनाको दिन ७ बजे बेलुका परिवारले हस्पिटल मोडमा भेट्टाएर उपचारको लागि दार्जिलिङ पु¥याएका थिए । त्यहाँ उपचार संभव नभएपछि इडेन हस्पिटलले रेफर गरेको थियो । परिवारले उनको उपचारका लागि त्यहाँबाट बिर्तामोडस्थित विएण्डसी ल्याएका थिए ।


होसमा आएको बेला गम्भीर घाइते भएका सुरज लिम्बूले स्थानीय ठेकेदार लोक बहादुर प्रधानको ट्याक्टरले किचेको जानकारी दिएका छन् । अस्पतालको बेडबाटै उनले गरेको कुराकानी इजलाससँग सुरक्षित छ । जीवनमरणको दोसाँधमा रहेका लिम्बूले भनेअनुसार घर जाँदै गर्दा उनलाई प्रधानको ट्याक्टरले किचेको थियो ।

परिवारले पशुपति प्रहरीमा जानकारी गराए पनि हालसम्म कुनै कारवाही प्रक्रिया अघि बढाएको छैन । पहिलो पटक कारवाहीको माग गरेको परिवारले दोस्रो पटक मे १ त ६६५६ नंम्बरको ट्याक्टर उल्लेख गरेरै जाहेरी दिएको उपचाररतका भाई विरेन्द्र सुब्बाले जानकारी दिएका छन् । उनका अनुसार प्रहरीले पीडित परिवारको कुरा सुन्न मानेका छैनन् । प्रहरीले घटनाको मुचुल्का नै गलत उठाएको परिवारको दावी छ ।


यता, इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रमुख प्रहरी निरिक्षक हेमराज ओलीले कानुन बमोजिम प्रक्रिया बढाउन सकिने जानकारी दिएका छन् । प्रहरी निरिक्षक ओलीले पीडित र पीडक पक्षविचमा छलफलबाट सहमति नजुटेमा शरिर अंगभंगको मुद्दा चलाउने बताएका छन् । भोली छलफल हुँदैछ, सहमति नभए अघि बढ्छु –ओलीले भने ।


ट्याक्टर धनी लोक बहादुर प्रधानले आफ्नो ट्याक्टरले लिम्बूलाई नकिचेको बताउँदै आएका छन् । उनले सो ट्याक्टर समेत प्रहरीले अहिलेसम्म नियन्त्रणमा नलिएको बुझिएको छ ।

विएण्डसी अस्पतालका अनुसार लिम्बूलाई भारी वस्तुले किचेको छ । अहिले आइसियूमा रहेका लिम्बुको देबे्र खुट्टा पिलिएको छ । हड्डि फुटेको, पांङग्रा झरेको, नली फुटेको चिकित्सकको रिपोर्टमा उल्लोख छ ।


पीडित परिवारका तर्फबाट दाजु अनिल सुब्बाले दोषीलाई कारवाही गरी उपचारको व्यवस्था मिलाईदिन आग्रह गरेका छन् ।

प्रकाशित मिति : असार १७, २०७६ मंगलबार  १ : ३९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]