बैशाख १६, २०८२ मंगलबार

मेचीनगरमा बाहिरियो दर्दनाक घटना : धम्कीसहित वर्षौदेखि शारिरीक शोषण

मेचीनगर । झापा मेचीनगरका एक व्यक्तिमाथी एक किशोरीले आफुमाथी दुव्र्यवहार गरेको आरोप लगाएर प्रहरीमा उजुरी दर्ता गराएकी छन् ।


मेचीनगर वडा नं. ९ का एक ब्यक्तिले बिगत एक बर्षदेखी आफुलाई शारिरीक शोषण गरेको आरोप लगाउँदै ती किशोरीले ईलाका प्रहरी कार्यालय धुलाबारीमा असार २ गते किटानी जायरी दिएको प्रहरीले जानकारी दिएको छ ।


तेरो आवाज कसले सुन्छ, पैसा हुनेको मात्रै आवाज सुन्छन, तँ त गरीव छेस भन्दै आफु माथी दुव्र्यवहार गरेको ती किशोरीले बताईन् । आफुलाई बचाउन धेरै कोसिस गरें तर सकिन”, ति किशोरीले आँशुका धारा बगाउँदै भनिन् ।


घरमा भनिस् भने तेरो परिवार सबै सखाब पारिदिन्छु भन्दै धम्क्याउने गरेकाले पनि आफुलाई सबै कुरा परिवारमा भन्न डर लागेको ति किशोरीले रेडियो साथीसंगको कुराकानीमा सुनाइन् । किरोशीले रेडियो साथीसंग कुराकनी गर्दै भनिन्, मलाई अरु केही चाहिएको छैन त्यो व्यक्तिलाई कानूनी कारबाही हुनु पर्छ मेरो माग त्यति मात्रै हो ।


गरीब परिवारकी ती १७ बर्षीया किशोरीलाई पैसा लिएर मिल्न भन्दै स्थानीय अगुवाहरु नै घरमा पटक–पटक पुगेको ति किशोरीकी आमाले जानकारी दिइन् । यो कुरा बाहिर भनेर के हुन्छ र भन्दै मेचीनगरका जनप्रतिनिधिका परिवारकै मान्छे पनि घरमै पुगेर पैसा लिएर मिल्न दबाब दिएको किशोरीकी आमाले बताइरहेकी छन् ।


यस बिषयमा असार २ गते उजुरी दर्ता भएको ईलाका प्रहरी कार्यालय धुलाबारीले बताएको छ । प्रहरीका अनुसार उजुरीमा आरोपित ब्यक्तिलाई प्रहरीले खोजी गरिरहेको भए पनि उनी फरार रहेका छन् । प्रहरीका अनुसार मेचीनगर–९ का बिष्णु खड्काका नाममा उजुरी परेकाले उनलाई प्रहरीले तिब्र खोजी गरिरहेको छ ।


उजुरीमा नाम किटान गरिएका खड्कालाई हामीले खोजी तिब्र पारेका छौं । आरोपितको खोजीमा प्रहरी सक्रिय भएर लागेको र आफ्नो सबै संयन्त्र परिचालन गरेकाले छिट्टै पक्राउ पर्ने समेत ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक कोमल ठाकुरले बताए ।


शारिरीक शोषण जस्तो गम्भीर प्रकृतिको अपराध गर्दा समेत स्थानीय समुदाय चुपचाप बसेको र उल्टै पैसा दिएर मिलाउने प्रयासमा लागेकाले ती किशोरीलाई न्याय दिलाउन आफुहरु संस्थागत रुपमा नै अगाडी बढेको के आर फाउण्डेशन धुलाबारीकी अध्यक्ष सबिता भण्डारी भेट्वालले बताइन् ।


रेडियो साथी अनलाइनले प्रकाशित गरेको समाचार अनुसार पीडित किशोरीले रेडियोमा गरेको कुराकानीको रेकर्ड सुरक्षित रहेको छ ।

प्रकाशित मिति : असार १६, २०७६ सोमबार  ५ : २१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]