झापामा बस्नेतको नेतृत्वमा बृहत वृक्षरोपण
विर्तामोड । सरकारको कार्यक्रम अनुसार युवा संघ र वाइसीयल झापाले संयुक्त रुपमा बृक्षरोपण गरेका छन् ।

कनकाई नगरपालिका वडा नं. ८ लक्ष्मीपुर स्थित सिमलडाँडा पर्यटकीय क्षेत्रमा बृक्षरोपण गरेको युवा संघका केन्द्रीय सदस्य पर्वतराज भण्डारीले जानकारी दिए ।

विकासोन्मूख पर्यटकीय क्षेत्रमा सरकारको कार्यक्रमलाई कार्यान्वयन गर्न बृक्षरोपण आयोजना गरिएको केन्द्रीय सदस्य भण्डारीले बताए । बृक्षरोपण युवा संघका केन्द्रीय उपाध्यक्ष एवम् प्रदेश १ का प्रमुख पर्शुराम बस्नेतको प्रमुख आतिथ्यतामा भएको हो । बस्नेतको आतिथ्यतामा विभिन्न जातिका ५ सय विरुवा रोपिएको छ ।
नेपाल कम्यूनिष्ट पार्टी झापाका सचिव विजय साम्पाङ सहित जिल्लाका युवाहरुको सहभागितामा बृक्षारोपण गरिएको छ ।