अवरोध हटेपछि कनकाईको नगरसभा शुरु
कनकाइ । तीन घण्टाको अवरोधपछि कनकाइ नगरपालिकाको पाँचौ नगरसभा शुरु भएको छ ।
खानेपानी आयोजना निर्माणका लागि बजेटको ब्यवस्था नगरेको भन्दै नगरसभा शुरु हुन लाग्दा बिरोध प्रदर्शन गरिएको थियो । बिरोध प्रदर्शनले नगरसभा अवरोध भएपछि नगरपालिकाका प्रतिनिधि,खानेपानी आयोजनाका प्रतिनिधि बिच वार्ता भएको थियो ।
वार्तामा प्रदेससभा सदस्य हिरा थापा, मेयर राजेन्द्र पोखरेल,उपमेयर मन्जु प्रसाईं, खानेपानीका तर्फबाट ऋषिकेश खतिवडा लगायत वार्ता बसेर समस्याको समाधान गरेका छन् ।
खानेपानीका लागि संघीय सरकारबाट आवश्यक बजेट ब्यवस्था गराउने सहमति भएको छ । यहि आवमा संघीय सरकारबाट संभव नभए प्रदेस सभा सदस्य , प्रतिनिधि सभा सदस्यले आवश्यक बजेट ब्यवस्था गर्ने मौखिक सहमति भएको छ ।
सोही सहमति पछि नगरसभा शुरु भएको हो ।